मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

लार्केस्थित निकतातामा ६० लाख रूपैयाँ बजेटमा झोलुंगे पुल निर्माण

images
बुधबार, जेठ ९ २०८१
images
images
लार्केस्थित निकतातामा ६० लाख रूपैयाँ बजेटमा झोलुंगे पुल निर्माण

अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको वडाध्यक्ष बताउँछन्।

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ मा पर्ने निकतातामा झोलुंगे निर्माणपछि स्थानीय खुसी भएका छन्। लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन्।

images
images

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुंगे पुल निर्माणपछि सहज भएको बताए। 'हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो। गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ', उनले भने।

images
images

नवनिर्मित झोलुंगे पुलको मंगलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको ६० लाख रूपैयाँ बजेटमा पुल निर्माण भएको जानकारी दिए।

images
images
images

उनले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ्ग्री र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए।

'स्थानीयको मागलाई क्रमशः पूरा गर्दैछौँ। काकताङकुक्तङमा झोलुंगे पुल निमार्ण, लार्केसम्मको सडक विस्तार तथा सोलिङ, बत्ती, पाहुनाघर निर्माण भइसकेका छन्। हालसम्म गाउँपालिकाले ११ वटा पुल निर्माण गरिसक्यौँ, अब  काठको पोल विस्थापित गर्ने, याङ्ग्रीमा पक्की पुल निर्माण गर्ने, बुद्धपार्कलगायत पर्यटकीयस्थलको पहिचान र प्रवर्द्धनका काममा लाग्छौँ', अध्यक्ष लामाले भने।

गाउँपालिकाको ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुंगे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताए।

अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend