शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

images
बुधबार, जेठ ९ २०८१
images
images
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।

images
images
images

मंगलबारको तुलनामा सुनको मूल्य बुधबार प्रतितोला एकसय रूपैयाँले घटेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ८ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

सोमबार तोलामा ९ सयले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँ पुगेको सुनको मूल्य मंगलबार प्रतितोला १२ सय रूपैयाँले घटेर प्रतितोला एक ४० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

images

यो साता आइतबार पनि सुन कीर्तिमानी मूल्यमा पुगेको थियो। सो दिन सुनको मूल्य एक लाख ४० हजार ९ सय कायम थियो।

मंगलबार घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार प्रतितोला एक हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend