शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

दमक नगरपालिकाले १० महिनामा उठायो १४ करोड २४ लाख राजस्व

images
बुधबार, जेठ ९ २०८१
images
दमक नगरपालिकाले १० महिनामा उठायो १४ करोड २४ लाख राजस्व

चालु आवमा  २१ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा बैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व संकलन गरिएको हो।

images
images

झापा- दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार १३२ राजस्व उठाएको छ। 

images
images
images

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो।

images
images

गत आवको १० महिनामा नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एकसय ५९ रूपैयाँ राजस्व संकलन गरेको थियो। 

images
images

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा  २१ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा बैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व संकलन गरिएको जानकारी दिए।

'चालु आवको दुई महिनामा  राजस्व संकलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ', उनले भने।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ।

नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रूपैयाँ रकम संकलन गरेको सूचना अधिकारी चुडालले जानकारी दिए।

नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर एक करोड ५५ लाख, नक्सापास दस्तुर एक करोड ६० लाख, बहाल करबापत एक करोड १८ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend