शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कैलालीमा आलु उत्पादन बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ९ २०८१
images
कैलालीमा आलु उत्पादन बढ्यो

गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको छ।

images
images

कैलाली- गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ प्रतिशतले बढेको छ। 

images
images
images

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन  उत्पादन भएको छ।

images
images

गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए।

images
images

'यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ। आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ। यसपटक हिउँदमा हुस्सु पनि लागेन', उनले भने, 'हुस्सुले आलुमा क्षति हुन्छ। मौसम पनि अनुकूल भयो। त्यसले पनि उत्पादन वृद्धि भएको हो।'

'यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो', उनले भने, 'त्यसको उत्पादकत्व पनि बढी हुन्छ। त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ।'

किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend