शनिबार, साउन १२ गते २०८१    
images
images
images

उत्तरी क्षेत्रको किमाथांका नाका आउँदो १२ गतेदेखि खुला हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ९ २०८१
images
images
उत्तरी क्षेत्रको किमाथांका नाका आउँदो १२ गतेदेखि खुला हुने

उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो। तत्कालीन  द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ।

images

सङ्खुवासभा- उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका खुला हुने भएको छ। 

images
images

कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो। उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका यही जेठ १२ गतेदेखि खुल्ने भएको हो।

images

त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ। यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए। विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन-भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ।

उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो। तत्कालीन  द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ।

images

उत्तरी क्षेत्रको किमाथांका नाका यही जेठ १२ गतेदेखि खुल्न भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताए।

चीन सरकारले वुहानमा कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको किमाथांका नाका खुलेको छैन। लामो समयदेखि बन्द रहेको किमाथांका नाका जेठ १२ गते खुल्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए। उनका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथांका नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे। 

सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो। किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो। 

भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ। किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए।

करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन। किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend