शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम जनशक्ति उत्पादनमा केन्द्रित : मन्त्री अर्याल

images
मंगलबार, जेठ ८ २०८१
images
प्रधानमन्त्री रोजगार कार्यक्रम जनशक्ति उत्पादनमा केन्द्रित : मन्त्री अर्याल

'प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन हुनसक्छ, हामी भइरहेका कामबाट सिक्दै थप प्रभावकारी बनाउन मोडालिटी परिमार्जन लागेका छौँ', श्रममन्त्री डीपी अर्यालले भने।

images
images

काभ्रेपलाञ्चोक- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम बजारको माग र आवश्यकका आधारमा जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताएका छन्।

images
images
images

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आज आयोजित स्थानीय रोजगार केन्द्र तथा दिगो कार्यका लागि परामर्शदाता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रमलाई निरन्तरता दिइ आउँदो आर्थिक वर्षमा थप उत्साहपूर्वकरुपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

images
images

'प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन हुनसक्छ, हामी भइरहेका कामबाट सिक्दै थप प्रभावकारी बनाउन मोडालिटी परिमार्जन लागेका छौँ', मन्त्री अर्यालले भने।

images
images

उनले प्रम रोजगार कार्यक्रम केन्द्रीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको साझा कार्यक्रम भएको बताए।

उनले भने, 'यो साझा कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा सहभागी हुन जाहने नागरिकलाई उनीहरुको इच्छा अनुसारको काममा छनोट गर्न दिई लगाउनुपर्छ।'

मन्त्री अर्यालले देशमा उपलब्ध स्रोत साधनको पूर्णरुपमा उपयोग गरी भएका स्रोतलाई त्यसै खेर फालेर नयाँको खोजीमा मात्रै लाग्दा उपलब्धि प्राप्तिमा कठिनाइ हुने बताए। 'सीप-रोजगारसँग जोडिएका कार्यक्रमको बारे प्रचारप्रसार गरेर अधिकतम सहभागितामा ध्यान दिनुहोस्', स्थानीय तहका सरकारलाई उनले आग्रह गरे।

कार्यक्रमअन्तर्गत कतिमा स्वरोजगार सिर्जना भयो भन्नेबारे तथ्यांक राख्नसमेत उनले रोजगार सेवा केन्द्रलाई आग्रह गरेका छन्।

कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रम सोचेअनुसार हुन नसकेको दुःखेसो पोख्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्वरोजगारमुखी बनाउन सके निरन्तरता पाउने बताए। उनले वर्षमा कम्तीमा सय दिन रोजगारी दिनुपर्ने भए पनि ५३ दिनभन्दा बढी रोजगारी बताए।

सो अवसरमा नगर उपप्रमुख गीता बञ्जारा, बनेपा नगर उपप्रमुख विमला सापकोटा, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापालगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जित गरी फरक ढंगबाट सञ्चालन गर स्वरोजगारमूलक बनाउनुपर्नेमा जोड दिएका थिए। रासस


प्रकाशित : मंगलबार, जेठ ८ २०८११८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend