शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी मर्मत गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
images
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी मर्मत गरिने

गत बैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड बैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो।

images
images

ललितपुर- काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ। 

images
images
images

निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 

images
images

उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुने बताए। 'सोहअनुसार हामीले तयारी गरेका छौँ', महर्जनले भने।

images
images

गत बैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड बैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो।

काठमाडौंलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ। नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ‘ट्र्याक’ खन्न सुरू गरिएकामा सो काम विसं २०१६ मा सकिएको थियो। 

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ। यसमध्ये बुद्धचोकदेखि-टीकाभैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने र बाँकी खण्ड निर्माण गराउने जिम्मा सडक डिभिजन कार्यालय ललितपुरले लिएको छ।

यसअघि नै टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्मको सडक चौडा पार्ने काम पूरा भइसकेको छ। स्थानीयको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि विसं २०७६ सालमा सरकारले निर्णय गरेर सडकखण्ड टीकाभैरबबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको थियो। भैँसेपाटीसम्म सडक चौडा भइसकेको छ भने छम्पी टीकाभैरब खण्ड चौडा गर्न बाँकी छ। रासस


प्रकाशित : मंगलबार, जेठ ८ २०८११५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend