काठमाडौं- मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक गरिएको हो।
यसअघि देउवा नेतृत्वको सरकार र त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको थिएन।
सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको छ।
प्रधानमन्त्री दाहालको सम्पत्ति : भरतपुरमा १५ कट्टा जग्गा, ५ तोला सुन र बैंकमा २५ लाख नगद