शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

प्रधानमन्त्री दाहालको सम्पत्ति : भरतपुरमा १५ कट्ठा जग्गा, ५ तोला सुन र बैंकमा २५ लाख नगद

images
मंगलबार, जेठ ८ २०८१
images
प्रधानमन्त्री दाहालको सम्पत्ति : भरतपुरमा १५ कट्ठा जग्गा, ५ तोला सुन र बैंकमा २५ लाख नगद

उक्त सम्पत्ति पैतृकरुपमा प्राप्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेको सम्पत्ति विवरणमा भनिएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। 

images
images
images

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवतरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीको पत्नी स्वर्गीय सिता दाहालको नाममा भरतपुर महानगरपालिकको वडा नम्बर १४ मा १४ कट्ठा जग्गा रहेको उल्लेख गरेका छन्।

images
images

उक्त सम्पत्ति पैतृकरुपमा प्राप्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेको सम्पत्ति विवरणमा भनिएको छ। 

images
images

यस्तै दाहालले चितवनको वडा नं १२ मा सीता दाहालकै नाममा १ कट्ठा जग्गा अंशबाट प्राप्त भएको सम्पत्ति विवतरणमा उल्लेख गरेका छन्। प्रधानमन्त्री दाहालले आफूसँग ५ तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुनको स्रोत पनि पैतृक रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यको रुपमा आयआर्जन गरेको २५ लाख नगद एभरेष्टमा बैंक रहेको उल्लेख गरेका छन्।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend