शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १२ सय रूपैयाँले घट्यो

images
मंगलबार, जेठ ८ २०८१
images
images
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १२ सय रूपैयाँले घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार ओरालो लागेको छ।

images
images
images

सोमबार तोलामा ९ सयले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार प्रतितोला १२ सय रूपैयाँले घटेको हो।

‍मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ६ सय रूपैयाँमा झरेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ९ सय रूपैयाँ तोकिएको छ।

images

यो साता आइतबार तोलामा १६ सय रूपैयाँले बढेर सुन प्रतितोला एक लाख ४० हजार ९ सय पुगेको थियो भने सोमबार प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँमा सुनको कारोबार भएको थियो। 

images

लगातार बढिरहेको चाँदीको मूल्यमा पनि मंगलबार गिरावट आएको छ। चाँदी आज तोलामा ५५ रूपैयाँले घटेर प्रतितोला एक हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend