शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सहकारीको रकम हिनामिना : छानबीन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
images
सहकारीको रकम हिनामिना : छानबीन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबीन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कार्यदल गठन गरेको थियो।

images
images

काठमाडौं- सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबीन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ।

images
images
images

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबीन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। बैठकमा सबै सदस्य सहभागी छन्। 

images
images

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्। कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी छन्। 

images
images


प्रकाशित : मंगलबार, जेठ ८ २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend