शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मनास्लु घुम्न आउने पर्यटकबाट नौ महिनामा २ करोड ५० लाख राजस्व संकलन

images
सोमबार, जेठ ७ २०८१
images
मनास्लु घुम्न आउने पर्यटकबाट नौ महिनामा २ करोड ५० लाख राजस्व संकलन

यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको छ।

images
images

गोरखा- प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

images
images
images

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत दुई करोड ५० लाख ५८ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

images
images

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए। उनीहरुबाट एक लाख ५२ हजार रूपैयाँ राजस्व संकलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए। सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्यांक रहेको छ।

images
images

सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा दुई करोड ४९ लाख छ हजार रूपैयाँ प्रवेश शुल्कबाट राजस्व संकलन भएको उनले बताए। मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क लिँदै आएको छ। त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क लिने गरिएको उनको भनाइ छ।

यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व संकलन गरिसकेको छ।

यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend