शनिबार, असोज ५ गते २०८१    
images
images

सर्लाही चेम्बरको अध्यक्षमा प्रधान चयन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
images
images
सर्लाही चेम्बरको अध्यक्षमा प्रधान चयन

नेपाल चेम्बर अफ कमर्स सर्लाही जिल्ला कार्यसमितिको अध्यक्षमा रामभक्त प्रधान चयन भएका छन्। मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले प्रधानको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

images
images

काठमाडाैं- नेपाल चेम्बर अफ कमर्स सर्लाही जिल्ला कार्यसमितिको अध्यक्षमा रामभक्त प्रधान चयन भएका छन्। मंगलबार भएको जिल्ला कार्यसमितिको पहिलो साधारणसभाले प्रधानको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

images
images
images

सर्लाही चेम्बरको वरिष्ठ उपाध्यक्षमा बैकुण्ठ सापकोटा, सुगन्ध गुप्ता निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा हरि मोहन ठाकुर, विकास गोयल र राजकुमार श्रेष्ठ निर्वाचित  भएका हुन्। महासचिवमा सुशील चालिसे, उपमहासचिव कमलेश शाह, सचिवहरुमा रुद्र बहादुर श्रेष्ठ, रामपृत चौधरी र राजेश चौधरी निर्वाचित भएका छन्। कोषाध्यक्षमा पवित्रा घिमिरे निर्वाचित भएकी छन्। 

नवनिर्वाचित कार्यसमितिले जिल्लाको आर्थिक गतिविधीलाई अघि वढाउन साझा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। चेम्बर जिल्ला कार्यसमितिको हिजो उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक दृष्टिकोणले सर्लाही जिल्ला अग्रणी रहेको बताए। उखु, गोलभेँडा, विकास मकै र तरुलको सबैभन्दा वढी उत्पादन हुने जिल्लाका रुपमा समेत सर्लाही चिनिएको अध्यक्ष मल्लले बताए। 

वार्षिक ३ अर्व २५ करोड रुपैयाको उखु उत्पादन भएपनि वास्तविक कृषकले लाभ पाउन नसकेको उनको भनाई छ। कृषिको उत्पादकत्व वृद्धिका लागि प्रविधिको विकास गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ। सर्लाही धार्मिक पर्यटनको दृष्टिकोणले पनि उत्कृष्ट रहेको अध्यक्ष मल्लले बताए।

images

मुर्तियाको महादेव मन्दिर, सल्यामपुरको चेलिमाई मन्दिर, सलैयादेखि मन्दिरहरुको प्रर्वद्धन गरी भारतीय धार्मिक पर्यटकलाई आकर्षित गर्न सके यसबाट जिल्लाले फाईदा लिन सक्ने बताए। अध्यक्ष मल्लसंग नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले सर्लाही सिमाबाट हुने अपराधिक गतिविधी रोक्न पहल हुनुपर्ने बताएका थिए। 

 


प्रकाशित : बुधबार, पुस ७ २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend