शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुस्त गतिमा वैदेशिक व्यापार, बजेटको अघिल्लो महिना पनि बढेन आयात

सोमबार, जेठ ७ २०८१
सुस्त गतिमा वैदेशिक व्यापार, बजेटको अघिल्लो महिना पनि बढेन आयात

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी महिनामा व्यापारमा गति आउने अनुमान गरेर ३.८ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको छ।

काठमाडौं-  चालु आर्थिक वर्षको सुरूदेखि नै सुस्त बनेको वैदेशिक व्यापारले अझैसम्म गति लिन सकेको छैन। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दश महिनासम्म पनि आयात तथा निर्यात गत वर्षको तुलनामा ऋणात्मक रहेको छ। 

आन्तरिक माग खुम्चिँदा त्यसको असर व्यापारमा परिरहेको छ। मागमा आधारित अर्थतन्त्रको संरचनामा व्यापार नै निरन्तर संकुचित हुँदै गएको छ। भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म १ खर्ब ३० अर्ब रुपैयाँको वस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा २ प्रतिशतले न्यून हो। 

त्यस्तै यो अवधिमा निर्यात पनि ३ प्रतिशतले खुम्चिएर १ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ। 

आयात र निर्यात दुबै घट्दा कुल वैदेशिक व्यापार २ प्रतिशतले खुम्चिएको छ। वैदेशिक व्यापारमा देखिएको शिथिलताले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण योपालि पनि पूरा हुनेमा शंका उत्पन्न भएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी महिनामा व्यापारमा गति आउने अनुमान गरेर ३.८ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको छ। 

सामान्यतया बजेटभन्दा अघिल्लो महिना वस्तु आयात बढ्ने प्रवृत्ति हुन्छ। बजेटबाट भन्सारका दरमा हेरफेर हुने भएका कारणले आयात बढ्छ। कर बढ्ने निश्चित जस्तै भएका वस्तुको आयात धेरै बढ्ने भएकाले समग्र आयात बढ्ने प्रवृत्ति हुन्छ। 


प्रकाशित : सोमबार, जेठ ७ २०८११४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend