बिहीबार , मंसिर १३ गते २०८१    
images
images

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

images
सोमबार, जेठ ७ २०८१
images
images
साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियरले बताए।

images
images

ढोरपाटन- बागलुङको जैमनी नगरपालिका-१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ। विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो।

images
images
images

कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय मिटर लामो मोटर गुड्ने पुल रसुवा/श्री गीता/फेवा जेभीले पटकपटक म्याद थप गरे पनि हालसम्म काम पूरा गर्न सकेको छैन।

images

पुल निर्माणका लागि १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रूपैयाँको लागतमा सम्झौता भएको थियो।

images

आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ। निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो। अझै पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुनै बाँकी रहेको जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए।

उनका अनुसार हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने उनको भनाइ छ।

इञ्जिनियर अधिकारीले भने, 'यो पुल पहिले नै सकिनुपर्ने हो, निर्माण कम्पनीले विभिन्न समस्या देखाएर अहिलेसम्म काम सकेको छैन, अहिले काम गरिरहेको छ, अगामी असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको छ, धेरैपटक म्याद थप गरेको हुँदा यसपटक सक्छ भन्ने अपेक्षा छ।'

पुलले कालीगण्डकी करिडोरसँग पर्वतको फलेबासलाई जोड्छ। समयमै पुल निर्माण भएमा बागलुङको दक्षिण जैमिनी र बरेङ क्षेत्रका नागरिकलाई गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने मोटरबाटोको दुरी छोटो हुने स्थानीय महेन्द्र खत्रीले बताए। काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले पुल निर्माणमा लामो समयदेखि ढिलाइ भएको भन्दै निर्माण कम्पनीलाई तीव्र गतिमा काम गर्न आग्रह गरेको बताए। पुलको कामलाई सहज बनाउनका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाइ छ। यो पुल बने दक्षिण बागलुङ क्षेत्रको मुहार फेरिने उपप्रमुख शर्माले बताए। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend