आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

बारामा १० महिनामा दुई करोड ४३ लाख रूपैयाँ राजस्व संकलन

images
सोमबार, जेठ ७ २०८१
images
बारामा १० महिनामा दुई करोड ४३ लाख रूपैयाँ राजस्व संकलन

साउनदेखि बैशाखसम्मका १० महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको हो।

images
images

बारा- जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले १० महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि बैशाखसम्मका १० महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।

images
images

त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए। महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताए।

images
images

त्यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, जेठ ७ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend