बिहीबार , पुस ११ गते २०८१    
images
images

जिम्नी रारा एडभेन्चर : 'अ राइड विथ अ कज' सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ७ २०८१
images
images
जिम्नी रारा एडभेन्चर : 'अ राइड विथ अ कज' सम्पन्न
images
images

काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्ड चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटरकर्प तथा सीजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, 'अ राइड विथ अ कज' सम्पन्न गरेको छ।  

images
images
images

जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने  उद्देश्यका साथ सो राइड सम्पन्न भएको कम्पनीले जनाएको छ।

images

बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो।

images
images

बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो विरासत र यसको अफ रोडिङ क्षमताबारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रुपमा निकै लोकप्रिय भएको पनि बताए। ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३० हजारभन्दा धेरै युनिट बिक्रि भइसकेको पनि बताए।

सो राइडमा  १० वटा जिम्नी गाडीले सहभागीता जनाएको थियो। राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो। १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग  कार्यक्रम आयोजना गरी मुलपानी-८, कालिकोटका  वडा अध्यक्ष लाला बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।  

jimni rara (1).jpeg

राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने, 'रारा फेरि जानु एउटा इच्छा थियो, जिम्नी मैले यसको अफ रोडिङ क्षमताका कारण खरिद गरेको हो, यो राइडमा जिम्नीको क्षमता अनुभव गर्न पाएँ। यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु जिम्नी राइडरहरु भेट्न पाएँ, एउटा परिवारजस्तो भयौँ हामी, यो राइड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु।'

अर्का जिम्‍नी ग्राहक आदित्य थापाले भने, 'म सोलो राइड धेरै पटक गएको छु, तर यो कार्यक्रममा अरु जिम्नी ओनर्ससँग जानु पाउँदा अझै रमाइलो भयो।'  

jimni rara (1).jpg

'जिम्‍नी लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जानु इच्छा थियो, यो राइड आयोजना हुँदै छ भनि थाहा पाएपछि, ड्रिम कम ट्रू फिल भयो, यसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यबाद ज्ञापन गर्न चाहन्छु' जिम्नी ग्राहक डा. मुकुन्द जोशीले भने।  

कार्यक्रमबारे बोल्दै सीजी मोटरकर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले भने, 'अफ रोडिङ जिम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाइल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पूरा गर्दछ। यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाँहरुले जिम्नीको क्षमता महसुस गर्नुहोस् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनिटीको रुपमा आगाडि बढ्नुहोस् भन्ने हो। आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापनगरी यस्तो कार्यक्रम भविष्यमा संचालन गर्ने छौँ। यो पहिलो संस्करण निकै सफल भयो।'

jimni rara (2).jpg


प्रकाशित : सोमबार, जेठ ७ २०८१११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend