शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

निक्षेप संकलनमा सुधार, एक सातामै बैंकहरूमा २७ अर्ब निक्षेप आउँदा ७ अर्ब मात्रै कर्जा प्रवाह

images
बुधबार, पुस ७ २०७८
images
images
निक्षेप संकलनमा सुधार, एक सातामै बैंकहरूमा २७ अर्ब निक्षेप आउँदा ७ अर्ब मात्रै कर्जा प्रवाह
images
images

काठमाडौं- राष्ट्र बैंकले पुस महिना सुरु भएसँगै निक्षेप संकलनमा सुधार आएको जनाएको छ। राष्ट्र बैंकका अनुसार पुसको पहिलो साता बैंकिङ सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ।

images
images
images

गएको एक सातामा जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको समेत राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले अर्थतन्त्रबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै बुधबार छलफल कार्यक्रम आयोजना गरेको हो। 

नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले यस्तो तथ्यांक पेश गरेका हुन्।

images

यसले बैंकिङ सिस्टममा कर्जाको तुलनामा निक्षेप बढ्दै गइ बैंकहरुको सिडी रेसियोमा परेको दबाब कम हुँदै जाने देखिएको पनि उनले बताए। 

images


प्रकाशित : बुधबार, पुस ७ २०७८१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend