आइतबार, मंसिर ९ गते २०८१    
images
images

एमएडब्लू हायर पर्चेजले ल्यायो ट्रेण्डसेटिङ ‘मोबाइल एप’

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ७ २०८१
images
images
एमएडब्लू हायर पर्चेजले ल्यायो ट्रेण्डसेटिङ ‘मोबाइल एप’

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरे।

images
images

काठमाडौं- एमएडब्लू हायर पर्चेजले ट्रेण्डसेटिङ ‘मोबाइल एप’सार्वजिनक गरेको छ। डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको सन्दर्भमा एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकलाई लक्षित गरेर सो एप ल्याएको हो। 

images
images
images

कम्पनीले लेनदेनमा आवश्यक पारदर्शिता,सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियलटाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरू ‘हायर/पर्चेज’ क्षेत्रका ग्राहकहरूका लागि अति जरुरी हुने हुँदा बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागु हुन्छ। यसर्थ ‘एमएचपीएल एप’को सुरुवात ग्राहकहरुको सेवामा सहजता प्रदान गर्नका लागि एउटा कोसाढुंगा हो।

images

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ। अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखि यो एप ल्याएको हो। एमएचपीएल एप निम्नलिखित सुविधाहरुसहित निर्माण गरिएको छ। 

images

यसमा कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विकल्पहरु उपलब्ध,  कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु र  झन्झटमुक्त अनुभवका लागि युजर(फ्रेन्डली इन्टरफेसलगायत सुविधा पाइनेछ। 

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरे। 

'एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौँ। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ। एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात होस हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ', एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने।

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर(पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो। कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू (इभी र फोसिल फ्युल इन्धन), भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ। संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।


प्रकाशित : सोमबार, जेठ ७ २०८१११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend