शनिबार, असोज ५ गते २०८१    
images
images

ललिता निवास जग्गा हिनामिनामा मुछिएका मुख्य अभियुक्त पक्राउ

images
बुधबार, पुस ७ २०७८
images
images
ललिता निवास जग्गा हिनामिनामा मुछिएका मुख्य अभियुक्त पक्राउ

तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्द विशेष अदालतमा मुद्दा दायर भइसकेको छ।

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका मुख्य अभियुक्त भनिएका रामकुमार सुवेदी र उनकी पत्नि माधवी पक्राउ परेका छन्। 

images
images
images

५६ वर्षीय रामकुमारलाई कमलादीबाट र ५२ वर्षीया माधवीलाई ताहाचलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ।

ललिता निवासको जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्द विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

images

पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए। यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो।


प्रकाशित : बुधबार, पुस ७ २०७८०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend