शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्वतका करिब दुई हजार किसान व्यावसायिक आलुखेतीमा

images
आइतबार, जेठ ६ २०८१
images
पर्वतका करिब दुई हजार किसान व्यावसायिक आलुखेतीमा
फाइल तस्बिर

किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। चालु आवमा दुई हजार ६ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ।

images
images

पर्वत- पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन्।

images
images
images

कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि विगतमा आलुको उपभोगमुखी खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शंकर पौडेलले बताए।

images
images

कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेको पनि पौडेलले बताए। 'किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। चालु आर्थिक वर्षका लागि तीन करोड विनियोजन गरिएको छ। सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइएको छ', पौडेलले भने। 

images
images

चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ। त्यसबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ। त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट पाँच करोड रूपैयाँ आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो। प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए।

आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमितरूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो। जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend