शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, जेठ ६ २०८१
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। ७ दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो। 

राष्ट्र बैंकले जेठ ७ गते यस उपकरणमार्फत तरलता खिच्ने जनाएको छ। बैंक वित्तीय संस्थाहरूले जेठ ७ गते ३ बजेसम्म निक्षेप संकलन उपकरण खरिद गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ। 

यसअघि राष्ट्र बैंकले ७ दिने उपकरणमार्फत नै ३५ अर्ब रुपैयाँ र १४ दिने निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब गरी ८५ अर्ब रुपैयाँ तरलता खिचेको छ।

पछिल्लो समय बैंक वित्तीय संस्थामा ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह ५१ खर्ब १० अर्ब रहेको छ। बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ८०.३५ प्रतिशत कायम भएको छ। 

बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य रकम भएसँगै बैंक वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम छ। राष्ट्र बैंकले ३ प्रतिशतमा स्थायी निक्षेप संकलन सुविधा दिएपनि बैंकहरूले ३ प्रतिशत कम ब्याजदरमा अन्तर बैंकिङ कारोबार गरिरहेका छन्। 

एसडीएफ कार्यान्वयनमा आएपश्चात पनि अन्तरबैंकिङ ब्याजदर स्थायी निक्षेप संकलन दरभन्दा कम भएपछि राष्ट्र बैंकले करिब ८५ अर्ब रुपैयाँ तरलता खिचेको छ। १४ दिने निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब र ७ दिने निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ गरी ८५ अर्ब रुपैयाँ प्रणालीमा राष्ट्र बैंकले खिचेको छ।

८५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दा पनि अन्तर बैंकिङ ब्याजदर केही समय ३ प्रतिशत कायम भएपनि पुन: घटेर २.९४ प्रतिशतमा आएको छ। 


प्रकाशित : आइतबार, जेठ ६ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend