बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सिमेन्टको मूल्य प्रतिबोरा ५० र डण्डीको प्रतिकिलो ५ रुपैयाँ घट्यो

images
बुधबार, पुस ७ २०७८
images
images
सिमेन्टको मूल्य प्रतिबोरा ५० र डण्डीको प्रतिकिलो ५ रुपैयाँ घट्यो

सिजनमै निर्माण सामग्रीको खपत ५० प्रतिशतले घटेको व्यवसायीको भनाइ छ।

images
images

काठमाडौं- निर्माणकै सिर्जनमा निर्माणजन्य बस्तुको खपतमा कमी आएको छ। खपतमा कमी आएसँगै मूल्यमा पनि गिरावट आएको छ। मूल्य घटेसँगै उपभोक्तालाई केही राहत भएको छ।

images
images

सिजनमै निर्माण सामग्रीको खपत ५० प्रतिशतले घटेको व्यवसायीको भनाइ छ। बैंक तरलता र विकास खर्चमा आएको कमीका कारणले निर्माणजन्य बस्तुको खपत घटेको हो।

images
images

व्यवसायीका अनुसार अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा ५० रुपैयाँ र डण्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँसम्म घटेको छ। बैंकमा देखिएको तरलता अभावका कारण कर्जा जारी हुन सकेको छैन। जसका कारण निजी आवास निर्माणमा समेत कमी आएको छ। अर्कोतर्फ सरकारले विकास खर्च बढाउन नसक्दा पनि निर्माण सामग्रीको खपतमा कमी आएको हो।

images
images

बजारमा अहिले सिमेन्टको मूल्य ७ प्रतिशतसम्म घटेको छ। विकास खर्च नबढ्ने र बैंकिङ तरलता अभाव सुधार नहुने हो भने निर्माण सामग्रीको खपत अझै घट्ने व्यवसायीहरूको भनाइ छ। बजारमा अहिले सिमेन्टको मूल्य पिपिसीमा ५ सय ७५ रुपैयाँ र ओपिसी सिमेन्टको मूल्य ६ सय ७५ रुपैयाँ झरेको व्यवसायीको भनाइ छ।

यस्तै, डन्डीको उपभोक्ता मूल्य प्रतिकिलो एक सय पाँचदेखि एक सय १० रुपैयाँसम्म रहेकोमा अहिले घटेर एक सयदेखि एक सय पाँच रुपैयाँसम्ममा झरेको छ।


प्रकाशित : बुधबार, पुस ७ २०७८१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend