शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेयर बजारको लयले साना लगानीकर्तालाई राहत, विश्लेषक भन्छन्- बिग्रेको अवस्था ठीक भयो अब सुधार हुन्छ

दुई दिनमा १४८.८९ अंकको वृद्धि

images
बुधबार, पुस ७ २०७८
images
images
सेयर बजारको लयले साना लगानीकर्तालाई राहत, विश्लेषक भन्छन्- बिग्रेको अवस्था ठीक भयो अब सुधार हुन्छ
images

काठमाडौं- लगातार ओरालोमा देखिएको सेयर बजार दुई दिनमा १४८.८९ अंकले बढेको छ। मंगलबार ५६.७३ अंकले बढेको बजार बुधबार ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको हो। यसले अतालिएका साना लगानीकर्तालाई राहत मिलेको छ।   

images
images

बुधबार ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। गएको केही सातायता कारोबार रकममा समेत अहिले सुधार देखिएको हो। बुधबार १८६ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्यमा परिवर्तन देखिएन। 

images

यसअघि कारोबारको तीन दिन लगातार घटेको सेयर बजारमा मंगलबारदेखि सुधारको बाटो देखिएको हो। मंगलबार २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार १८० कम्पनीको सेयर मूल्य बढेको थियो। मंगलबारको सुधारलाई बजारले बुधबार पनि साथ दिएको छ। 

बुधबार बजारमा देखिएको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन्। गएको साता मंगलबारको सकारात्मक सर्किटपछि पनि उतारचढावमा देखिएको बजारमा यो साता मंगलबार र बुधबार नै भएको बढोत्तरीले अब बजार उकालो यात्रामा नै लाग्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

images

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको थियो। दुई दिनको बजार उकालो लाग्नाले अब सम्हालिने अनुमान भइरहेका छन्।

विश्लेषक विष्णु बस्याल अब बजार ठीक भइसकेको तर्क गर्छन्। 'बजारमा अहिले केही कुराहरू सकारात्मक देखिएका छन्, अब केही दिन पनि यस्तै आइरह्यो भने राम्ररी नै सुधार हुनेछ। अब बजारमा हामी २६५० को आँकलन गर्न सक्छौँ। विचार गर्दा बजार अब ठीक भइसकेको छ' उनले भने। 

यो साता कारोबार भएको पहिलो दिन सोमबार भने सेयर बजारमा गिरावट आएको थियो। आइतबार कारोबार बन्द रहेको बजार सोमबार १७.९३ अंकले घटेर २३५८.८१ बिन्दुमा पुगेको थियो। त्यसअघि अघिल्लो साताको अन्तिम दिन बिहीबार पनि बजारमा गिरावट आएको थियो। अघिल्लो साताको बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा रोकिएको थियो। 

गएको साताको उतारचढावबाट अहिले बजार बाहिर निस्किएको विश्लेषकहरू बताउँछन्। दुई दिन बजारमा देखिएको सुधारपछि अब  लगानीकर्ताले सोच पुर्‍याएर निर्णय गर्दा अबको उच्च बिन्दुको यात्राले फाइदा मिल्नसक्ने विश्लेषण भइरहेका छन्। 


प्रकाशित : बुधबार, पुस ७ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend