शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

हुन्डाई भेन्यू : यस्तो छ ५ वर्षको बिक्री संख्या, नेपालमै बनेपछि बढ्ला बिक्री?

आयात भएयता २२ सय १० वटा बिक्यो

images
सोमबार, जेठ ७ २०८१
images
images
हुन्डाई भेन्यू : यस्तो छ ५ वर्षको बिक्री संख्या, नेपालमै बनेपछि बढ्ला बिक्री?

सबैभन्दा धेरै भेन्यू २०२१ मा आयात भएको थियो। सो वर्ष क्रसओेभर एसयूभी सेगमेन्टको यो कार ८ सय १५ वटा आयात भएको थियो।

images
images

काठमाडौं- नेपाल, भारतसहित धेरैजसो देशमा एसयूभी सेगमेन्टका सवारीको बिक्री बढ्दै गइरहेको छ। फुल साइज एसयूभी महँगो पर्ने भएकाले पनि पछिल्लो समय मिड साइज र क्रसओभर एसयूभी सेगमेन्टका कारको उत्पादनमा सवारी उत्पादकहरू केन्द्रित भएका छन्। 

images
images
images

एसयूभीमा लुक्स र ग्राउन्ड क्लियरेन्स राम्रो हुने भएकाले कार प्रयोगकर्ताको रोजाइमा क्रसओभर र मिडसाइज एसयूभी परिरहेको छ। हुन्डाईले नेपालमै बनाउन सुरु गरेको भेन्यू पनि क्रसओभर सेगमेन्टको एसयूभी हो। 

कोरियाली सवारी निर्माता हुन्डाई मोटर कर्पोरेसनको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाईको भेन्यू २०१९ को अगस्टमा नेपाली बजारमा सार्वजनिक भएको थियो। 

images

लक्ष्मी समूहले लक्ष्मी मोटर कर्पोरेसनमार्फत हुन्डाई यही भेन्यूबाट नेपालमा एसेम्बल सुरु गरेको छ। कर्पोरेसनले बैशाख २८ गते हुन्डाई भेन्यूको एसेम्बल सफल भएपनि प्रधानमन्त्रीबाट प्लान्टको औपचारिक उद्घाटन गरिसकेको छ। नेपालमै एसेम्बल भएका भेन्यू बजारमा भने आइसकेको छैन। 

images

लक्ष्मी मोटर कर्पोरेसनले केही संख्यामा एसेम्बल गरेर र नेपालमा बनेको हुन्डाई भेन्यूको मूल्य तय गरेसँगै बिक्रीका लागि सार्वजनिक गर्ने जनाएको छ। अहिले कम्पनीले भेन्यूको मूल्य निर्धारणका लागि आन्तरिक रुपमा गम्भीर छलफल गरिरहेको छ। 

नेपालमा एसेम्बल भएका कुनै पनि मोटरसाइकल कम्पनीले मूल्य घटाएनन्। सरकारबाट लिएको सहुलियतमा कम्पनीहरुले नै रजाइँ गरिरहेका छन्। सोही कारण पनि लक्ष्मी समूह नेपालमै बनेको कार हुन्डाई भेन्यूमा सरकारबाट पाएको सहुलियत उपभोक्तालाई पासअन गर्ने ‘मुड र दबाब’ दुवैमा छ। लक्ष्मी समूहले यसअघि नै नेपालमा बनेको भेन्यूको मूल्य आयातति भेन्यूको तुलनामा घट्ने बताइसकेको छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा बनेको भेन्यू बिक्रीका लागि सार्वजनिक गर्ने समयमै मूल्य औपचारिक रुपमा सार्वजनिक गर्ने बताएको छ। चारपांग्रे सवारी एसेम्बलमा सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गदा २५ प्रतिशत भन्सार, ५० प्रतिशत अन्तःशुल्क छुटसहति आयकरलगायतमा पनि छुट सुविधा दिएको छ।

सवारी एसेम्बल गरेर नयाँ सुरुवात गरेको लक्ष्मी मोटर कर्पोरेसनले सरकारबाट पाएको कर सहुलियत उपभोक्तामा पासअन गर्ने बताएकाले आयात गरेर बिक्री गरिने भेन्यूको मूल्यको तुलनामा नेपालमै बनेको भेन्यूको मूल्य १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ। 

एसेम्बल सफल भएर अब नियमित रुपमा उत्पादन गर्ने भएर औचारिक रुपमा प्लान्टको उद्घाटन भएको लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए। ‘अब हामी नियमित उत्पादन र कस्टिङ काम सकिएपछि एक डेढ सातामा नेपालमै बनेको हुन्डाई भेन्यू मूल्यसहित बिक्रीका लागि सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने। 

हाल नेपाल बजारमा आयातित २०२४ मोडलको भेन्यू ई १.२ को मूल्य ४१ लाख ९६ हजार रुपैयाँ रहेको छ। त्यस्तै ई लोडेडको ४२ लाख ५६ हजार, एस १.२ को ४८ लाख ९६ हजार, एसएक्स १.२ को ५७ लाख ९६ हजार र एस(ओ) डीसीटीको ५८ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ। यी सबै पेट्रोल इन्जिनका कार हुन्। 

हुन्डाईको भेन्यू नेपाली बजारमा २०१९ अगस्टमा भित्रिएको थियो। सार्वजनिक भएको वर्ष ५ महिनामै ४ सय ८६ वटा भेन्यू नेपाल भित्रिएको थियो। 

त्यस्तै २०२० मा भेन्यू ४ सय ४५ वटा आयात भएको तथ्यांक छ। सबैभन्दा धेरै भेन्यू २०२१ मा आयात भएको थियो। सो वर्ष क्रसओेभर एसयूभी सेगमेन्टको यो कार ८ सय १५ वटा आयात भएको थियो। 

२०२२ मा भेन्यू २ सय ३९ वटा आयात भएको थियो भने २०२३ मा २ सय २५ वटा आयात भएको थियो। २०२१ यता सरकारले सवारी कर्जामा गरेको कडाईका कारण आईसी इन्जिन सवारीको बिक्री बढ्न नसक्दा सबैजसो ब्रान्डका पेट्रोलियम सवारी आयात बढ्न सकिरहेको छैन।

२०२४ लागेपछि भने लक्ष्मी इन्टरकन्टिनेन्टलले तयारी भेन्यू खासै धेरै आयात भएको छैन। त्यसयता कम्पनीले सीकेडी आयात गर्न सुरु गरेको हो। मूल्य कम भएर लक्ष्मी समूहले सोहीअनुसार आफूलाई बजारमा उभ्यायोमा भेन्यूको बिक्री आयातहुँदाको तुलनामा नेपालमै बनेको धेरै बढी बिक्री हुनेछ। 

५ वर्षको भेन्यू आयात, कुन वर्ष कति?

venu.jpg

हुन्डाई भेन्यूमा काप्पा १.२ एमपीआई ११ सय ९७ सीसी पेट्रोल इन्जिन जडान गरिएको छ। यो इन्जिनले ६ हजार आरपीएममा ६१ पीएस पावर दिन्छ भने ४ हजार आरपीएममा १ सय १३.८ एमएम अधिकतम टर्क जेनेरेट गर्छ।

यसमा ५ स्पीडको ट्रान्समिसन रहेको छ। अगाडि डिस्क र पडाडि ड्रम ब्रेक रहेको भेन्यूमा ४५ लिटरको इन्धन ट्यांकी छ। 


प्रकाशित : सोमबार, जेठ ७ २०८११०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend