शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

images
शनिबार, जेठ ५ २०८१
images
उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर
फाइल तस्बिर

किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो।

images
images

गोरखा- जिल्लाको गण्डकी गाउँपालिका-५ का १९ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ। 

images
images
images

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो।

images
images

कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पुर्‍याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ। 'खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,' उनले भने, 'अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन्।'

images
images

अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताए। 'परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,' उनले भने, 'अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ।' रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend