शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

राष्ट्र बैंकको सहज नीतिले बढाउन सक्छ घरजग्गा कारोबार

images
शनिबार, जेठ ५ २०८१
images
राष्ट्र बैंकको सहज नीतिले बढाउन सक्छ घरजग्गा कारोबार

अब मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि केही सहज हुँदै घरजग्गा कारोबार बढाउने अनुमान बैंकर्सहरूले पनि गरेका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनासम्म पनि घरजग्गा कारोबार बढ्न नसकेपछि नेपाल राष्ट्र बैंकले कारोबारमा केही सहजता हुने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरिएको छ। 

images
images
images

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामार्फत घरजग्गा कारोबारमा सहजीकरण गरिदिएको छ। घरजग्गा खरिदका लागि लिएको कर्जा तिर्दा हेरिने आम्दानीको अनुपात राष्ट्र बैंकले ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको छ। यसले कारोबार बढाउन सक्ने अनुनमान गरिएको छ।

images
images

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ४ लाख ३५ हजार ७ सय ६२ लिखत पास भएको छ। गतवर्ष १० महिनामा ३ लाख ६३ हजार ७ सय ६८ वटा लिखत पास भएको थियो। अब मौद्रिक नीतिको समीक्षाले कारोबार बढाउने अनुमान बैंकर्सहरूले पनि गरेका छन्। 

images
images

राष्ट्र बैंकको यस व्यवस्थापश्चात बैंकिङ प्रणालीबाट २ करोड रुपैयाँसम्मको घरजग्गा खरिद बढ्ने देखिएको छ। यस व्यवस्थाले राम्रो आम्दानी भएकाहरूका लागि घरजग्गा खरिद सहज भएको छ।

राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी करचुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याएको हो। यसले आम्दानी गरिरहेका र घरजग्गा खरिद गर्न चाहाना राख्नेहरूका लागि सहज हुने छ। 

यस्तो शीर्षकमा कर्जा प्रवाह दिँदा ऋणीको कुल आम्दानीको ५० प्रतिशतका आधारमा ईएमआई निर्धारण गरिन्थ्यो। अब उक्त अनुपात बढाएर ७० प्रतिशत पुर्‍याइएको छ।

यता सरकारले हदबन्दीका कारण लिलामीमा समस्या रहेको बैंकहरूको जग्गा बिक्रीमा पनि केही खुकुलो नीति लिइदिएको छ। यसले जग्गाहरू खरिद बिक्रीलाई बढाउने अनुमान गरिएको छ।

राष्ट्र बैंकको अघिल्लो पकटको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो। तर कारोबार बढ्न सकेको थिएन। अब ऋणमै सहजता दिएपछि बढ्ने अनुमान गरिएको छ। 

बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको छ। जुन लिखत पास गत चैतमा भन्दा कम हो। गतवर्षको बैशाखमा भने ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। गतवर्षको तुलानमा केही सुधार देखिएपनि कारोबारमा खासै प्रभाव भने देखिएको छैन। 

गएको चैतमा ५० हजार २ सय ५२ लिखत पास भएको थियो। फागुनको तुलनामा चैतमा केही सुधार देखिएपनि बैशाखमा पुनः घटेको हो। यो क्रम जारी रहने व्यवसायीहरू बताउँछन्। बैशाखमा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ। गतवर्षको बैशाखमा ३ अर्ब १० करोड रुपैयाँ संकलन भएको थियो। 

घरजग्गामा छैन उत्साह तर सस्तो भएपछि विस्तारै बढ्दैछ कारोबार घरजग्गामा छैन उत्साह तर सस्तो भएपछि विस्तारै बढ्दैछ कारोबार


प्रकाशित : शनिबार, जेठ ५ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend