शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

घरजग्गामा छैन उत्साह तर सस्तो भएपछि विस्तारै बढ्दैछ कारोबार

लिखत पास गतवर्षको भन्दा ७१ हजार ९ सयले बढी

images
बुधबार, जेठ २ २०८१
images
घरजग्गामा छैन उत्साह तर सस्तो भएपछि विस्तारै बढ्दैछ कारोबार

कारोबारको सुस्तताले देशैभर घरजग्गाको मूल्यसमेत घटिरहेको छ। बैंकहरूका पनि लिलामीका जग्गा एकैपटक ठूलो संख्यामा बिक्रीमा आएका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनासम्म पनि घरजग्गा कारोबारमा खासै उत्साह आउन सकेको छैन। पछिल्लो समय मूल्य घट्दै गएका कारण गतवर्ष भन्दा केही सुधार देखिएपनि अपेक्षाकृत उत्साह भने आउन सकेको छैन।

images
images
images

पछिल्लो समय जग्गा होल्ड गरेर बस्नेहरू बैंकको किस्ता र ब्याजको चेपुवामा पर्दै गएपछि अझै धेरै प्लटहरू बिक्रीमा आइरहेका छन्। 

images
images

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ४ लाख ३५ हजार ७ सय ६२ लिखत पास भएको छ। गतवर्ष १० महिनामा ३ लाख ६३ हजार ७ सय ६८ वटा लिखत पास भएको थियो।

images
images

चालु वर्ष गतवर्षको सोही समयमा भन्दा ७१ हजार ९ सय ९४ बढी लिखत पास भएको छ। जग्गा सस्तो हुन थालेकाले केही लिखत पास बढेपनि कारोबारमा भने उत्साह नआएको व्यवसायी बताउँछन्। 

यता सरकारले हदबन्दीका कारण लिलामीमा समस्या रहेको बैंकहरूको जग्गा बिक्रीमा पनि केही खुकुलो नीति लिइदिएको छ। यसले पनि अझै धेरै जग्गाहरू बिक्रीमा आउन सक्ने छन्। जसका कारण मूल्य आकाशिएको समयमा खरिद गर्ने घरजग्गा व्यवसायी मारमा पर्दै गएका छन्। 

कारोबारको सुस्तताले देशैभर घरजग्गाको मूल्यसमेत घटिरहेको छ। बैंकहरूका पनि लिलामीका जग्गा एकैपटक ठूलो संख्यामा बिक्रीमा आएका छन्। 

पछिल्लो समय सामाजिक सञ्जालदेखि अनलाइन तथा अन्य सूचना पनि घरजग्गा बिक्रीकै आउने गरेको छ। उल्लेख्य मूल्य घट्दा पनि बिक्री भने भएका छैनन्। यहि अवस्था रहे अझै घरजग्गाको मूल्य घट्दै जाने देखिएको छ।

काठमाडौं, विराटनगर, भैरहवा, चितवन सबै क्षेत्रमा घरजग्गा कारोबार सुस्ताएको छ। जसका कारण खरिद गर्ने भन्दा बिक्री गर्नेको संख्या बढी छ। सोही कारण पनि कारोबार बढ्न सकेको छैन भने केही भएका कारोबारमा पनि खरिदकर्ताले सस्तोमा पाइरहेका छन्।

साउनयता नै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामार्फत केही सहज गरे पनि कारोबार भने बढ्न सकेको छैन।

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो।

बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको छ। जुन लिखत पास गत चैतमा भन्दा कम हो। गतवर्षको बैशाखमा भने ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। गतवर्षको तुलानमा केही सुधार देखिएपनि कारोबारमा खासै प्रभाव भने देखिएको छैन। 

गएको चैतमा ५० हजार २ सय ५२ लिखत पास भएको थियो। फागुनको तुलनामा चैतमा केही सुधार देखिएपनि बैशाखमा पुन: घटेको हो। यो क्रम जारी रहने व्यवसायीहरू बताउँछन्।

‘कुनै पनि महिना खासै उत्साह देखिएको छैन, सोही क्रम बैशाखमा पनि निरन्तर हो,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने। अहिलेकै अवस्थामा कारोबार बढ्न मुस्किल रहेको अध्यक्ष लोहनी बताउँछन्। 

‘अहिले पनि लोन टू भ्यालु रेसियो अझ ५० प्रतिशत राखेसम्म समस्या हुन्छ, ७० प्रतिशत पुर्‍याउनुपर्छ’ अध्यक्ष लोहनीले भने। भ्यालु ५० भनेपनि मार्केटको भ्यालु ३० मा आउने गर्दछ जसले समस्या पारेको लोहनी बताउँछन्। यता जोखिमभार पनि १०० प्रतिशतमा ल्याउन सकियो भने बजार चलायमान हुने अध्यक्ष लोहनी बताउँछन्।

माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ। 

बैशाखमा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ। गतवर्षको बैशाखमा ३ अर्ब १० करोड रुपैयाँ संकलन भएको थियो। यसवर्ष चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। गतवर्षको चैतमा ४ अर्ब ५१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गतवर्ष भन्दा चालु वर्षमा झन्डै ६० करोडले कमी आएको हो। 

चालु आर्थिक वर्षको माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पास भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा लिखत पास भएको थियो।

विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६, असोजमा ४७ हजार ३ सय ९८ घरजग्गा किनबेच भएको थियो। साथै कात्तिक महिनामा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।  


प्रकाशित : बुधबार, जेठ २ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend