शुक्रबार, जेठ ४ गते २०८१    
images
images

राजनीतिमा व्यापारी : कम्युनिष्टलाई लुकेर चन्दा, कांग्रेसमा खुलेर सक्रिय 

images
बुधबार, पुस ७ २०७८
images
images
राजनीतिमा व्यापारी : कम्युनिष्टलाई लुकेर चन्दा, कांग्रेसमा खुलेर सक्रिय 

अरु पार्टीलाई चन्दामात्र दिएर सम्बन्ध बनाइराख्न रुचाउने व्यवसायीहरु मौका पाउँदा कांग्रेसमा खुलेर लाग्नेमात्र होइन सांगठनिक प्रतिस्पर्धामै भाग लिन किन रुचाउँछन्? 

images
images

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मत गणना चलिरहेको छ। केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा अधिकांश क्लस्टरको मत परिणाम आए पनि केहीको बाँकी छ। पछिल्लो तीन महिना गाउँ तहदेखि सुरु भएको कांग्रेस महाधिवेशनमा यो पटक केही नयाँ भयो। कतै युवाहरू कार्यसमितिमा पुगेको, कतै विवादित व्यक्तिहरू निर्वाचित भएको खबरहरू आइरहे। 

images
images
images

वर्षौंदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर पटकपटक मन्त्री, सांसद भइसकेका व्यक्तिहरू गाउँ तहमै पराजित भएका खबरले कांग्रेसको राजनीति तातियो। 

images

यतिमात्र होइन, नेपाली कांग्रेसको १४औँ महाधिवेशन अर्को कारणले पनि अलि बढी नै चर्चित भयो। त्यो हो व्यवसायीको खुला सक्रियता।

images
images

नेपालमा व्यापारीहरू सक्रिय राजनीतिमा सामन्यत: धेरै आउँदैनन्। पार्टीलाई चुनावमा चन्दा दिएर, पार्टी प्रमुखहरूलाई सहयोग गरेर समानुपातिक सूचीबाट सांसद हुने व्यापारिक प्रवृत्ति जस्तै बनेको छ। नेपाली कांग्रेसबाटै यसअघि त्यस्ता व्यवसायीहरू सांसद भएका छन्। अहिलेको संसदमा पनि त्यस्ता व्यवसायी छन्। 

images
images

व्यवसायीहरू अधिवेशनमा भाग लिएर निर्वाचनको प्रक्रियाबाट पार्टी संगठनमा जोडिन त्यति धेरै रुचाउँदैनन्। व्यावसायिक जोखिम लिने तर राजनीतिक जोखिम लिन नचाहने भनेर उनीहरूलाई बुझिन्छ। तर, यो पटकको कांग्रेस अधिवेशनमा यसमा केही फरकपन देखियो। पुरानो सोच थोरै मात्रामा भए पनि खण्डन भएको पाइयो। 

प्रतिष्ठित व्यवसायीहरू कांग्रेस महाधिवेशन प्रधिनिधिका लागि क्षेत्रमै गएर प्रतिस्पर्धा गरे। निर्वाचित भएर पनि आए। नाम चलेका र कतिपय सामानुपातिक सांसदसमेत रहेका त्यस्ता व्यवसायीहरू प्रतिनिधिमात्र निर्वाचित भएनन्, केन्द्रीय कार्यसमिति सदस्यमै प्रतिस्पर्धा गरे। यस्तो प्रतिस्पर्धामा कति निर्वाचित भए कति पराजित पनि भए। 

डलर अर्वपति व्यवसायी विनोद चौधरी, प्रमुख ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, उमेश श्रेष्ठ, राजेन्द्र बजगाई, मोहन आचार्य र जिपछिरिङ लामा नाम चलेका व्यवसायी हुन्। यी व्यवसायीहरू निर्वाचनको प्रक्रियाबाटै नेपाली कांग्रेसको अधिवेशनमा सहभागी भए। उनीहरू खुलेर कांग्रेसमा सहभागी भए। 

त्यस्तै पर्यटन व्यवसायी रामशरण थपलिया, निर्माण व्यवसायी बहादुरसिंह लामा, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, चिनी उद्योगी विरेन्द्रकुमार कनौडिया लगायतका व्यवसायीहरू कांग्रेसको सक्रिय राजनीतिमा छन्। 

राजनीतिक दलसँग आर्थिक सम्बन्धमात्र बनाउने र त्यसको बदलाबाट प्रतिष्ठाका लागि सांसद, मन्त्रीसम्मको सुविधा लिने भनेरमात्र चिनिएका यस्ता व्यवसायीहरू राजनीतिक संगठनमै सक्रिय भएका छन्। 

एउटा पार्टीको संगठनमा सक्रिय हुँदा अरु राजनीतिक दलसँगको सम्बन्धनको दुरी बढ्ने डरले अधिकांश राजनीतिक रुपमा खुल्न चाहँदैनन्। तर कांग्रेसको केन्द्रीय समितिमै पुगेका कतिपय यस्ता व्यवसायी छन् जसले ठूलो व्यावसायिक साम्राज्य खडा गरेका छन्। यीमध्ये कांग्रेस भएर व्यवसायी भएका जिपछिरिङ लामाबाहेक अरु छैनन्। व्यवसायी बनेर कांग्रेस बनेकाहरूको संख्या धेरै छ। 

जिपछिरिङ लामा खुला केन्द्रीय सदस्यमै निर्वाचित भइसकेका छन्। अहिले पनि कांग्रेसको तर्फबाट सांसद रहेका उनीसँगै अहिलेका तीनजना सांसद केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्। लामासँगै मोहन आचार्य पनि खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। विनोद चौधरी मधेसी खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने अहिले राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठको मतगणना जारी छ। राजेद्र बजगाइँ भने निर्वाचनमा पराजित भएका छन्। बजगाइँ व्यवसायी भएर कांग्रेस भएका होइनन्। राजनीतिमा लागेर व्यवसायी भएका हन्। बजगाइँ नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका हुन्। 

अरु पार्टीलाई चन्दामात्र दिएर सम्बन्ध बनाइराख्न रुचाउने व्यवसायीहरू मौका पाउँदा कांग्रेसमा खुलेर लाग्नेमात्र होइन सांगठनिक प्रतिस्पर्धामै भाग लिन किन रुचाउँछन् त? हामीले यो प्रश्न सांसद तथा कांग्रेसमा नवनिर्वाचित केन्द्रीय सदस्य जिपछिरिङ लामालाई सोधेका थियौँ। 

कांग्रेस उदार लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्नेमात्र होइन त्यस्तो व्यवस्थाका पक्षमा सुरुदेखि नै लागिपरेको पार्टी भएकाले व्यवसायीहरू खुलेर राजनीति गर्न सहज मान्ने जिपछिरिङको बुझाइ छ। 

'म त २०३६ सालदेखि कांग्रेसको राजनीतिमा छु। तर व्यवसायीको नाताले भन्दा कांग्रेस लोकतान्त्रिक पार्टी हो। यो पार्टीले लोकतन्त्र, व्यक्तिगत सम्पत्तिको सुरक्षा, व्यक्तिगत क्षमताको उच्चतम उपयोगको अवसरको प्रत्याभूति दिन्छ' उनले भने। 

कांग्रेस बाहेकका राजनीतिक दलहरूले सुरुदेखि नै व्यवसायीप्रति नकारात्मक सार्वजनिक धारणा बनाउने गरेको र चन्दा मागेर हैरान पार्नेजस्ता कामले व्यवसायीहरू खुलेर राजनीति गर्न हच्किने उनको बुझाइ छ। 

'अहिले पनी हामीले देखेका छौँ अरुले बेलाबेलामा चन्दा मागेर हैरान पार्छन्। तर कांग्रेस त्यस्तो पार्टी हो जसले अरूहरूको जस्तो गर्दैन। यस्ता कुराले पनि व्यवसायी माझ कांग्रेसलाई सहज रुपमा स्वीकार्य पार्टी बनाएको छ' लामाले भने। 


प्रकाशित : बुधबार, पुस ७ २०७८०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend