शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

भारतीय दुई ब्रान्डका चार मसला नेपालमा प्रतिबन्ध, बजारमा रहेकाजति फिर्ता गर्न निर्देशन

images
शुक्रबार, जेठ ४ २०८१
images
images
भारतीय दुई ब्रान्डका चार मसला नेपालमा प्रतिबन्ध, बजारमा रहेकाजति फिर्ता गर्न निर्देशन

विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई 'एथलिन अक्साइड' परीक्षणलाई उच्च प्राथमिकतामा राख्नसमेत निर्देशन दिएको छ।

images
images

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीए ब्रान्डको मद्रास करी पाउडर, साम्बर मिक्स्ड मसला पाउडर, करी मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ। 

images
images
images

'एथलिन अक्साइड' जस्तो हानिकारक पदार्थ रहेको भन्दै हङकङ, सिंगापुर, अमेरिका र युरोपका विभिन्न देशमा प्रतिबन्धित मसला अखाद्य भएको भन्दै नेपालमा पनि आयात तथा बिक्रीमा रोक लगाइएको हो। 

images
images

विभागले समेत हङकङको खाद्य सुरक्षा केन्द्र (सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई चार प्रकारका मसलामा रोक लगाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताएका छन्। 

images
images
images

एमडीएचका प्रतिबन्धित मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ। विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात बिन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ। 

विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ।

साथै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई 'एथलिन अक्साइड' परीक्षणलाई उच्च प्राथमिकतामा राख्नसमेत निर्देशन दिएको छ।

'एथलिन अक्साइड' मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो। यसलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले कार्सिनोजेनिक रसायनको समूह-१ मा राखेको छ। जुन खतराको माथिल्लो सूचक हो। 


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend