शनिबार, भदौ २९ गते २०८१    
images
images

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
images
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौं हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ। जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक चार लाख बराबरको कागज बिक्री गर्ने गरेका छन्।

images
images

ताप्लेजुङ- फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन्। 

images
images
images

पुर्ख्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन्। उनका बुबाले कागज बनाउने काम गर्थे। कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके।

शेर्पाको पुर्ख्यौली घर भोजपुर जिल्ला हो। उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे। त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे। २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन्। अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन्।

कागज उद्योगबाट खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको शेर्पाले बताए। उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन्। अहिले उनी घर बनाउने तयारीमा छन्। शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौं हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ। जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक चार लाख बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताए। 

images

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ। 'कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन', शेर्पाले भने, 'बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ।'

उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिए। उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना २० रुपैयाँ र ४० ग्राम कागजको प्रतिपन्ना ४० रुपैयाँमा ठूला उद्योगले खरिद गरेर लैजान्छन्। शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने गर्छ।

'जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ', शेर्पाले भने, 'गर्मी मौसममा बढीमा तीन घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच घण्टा लाग्छ।' 

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन्। त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन्। रासस

 


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend