काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज शुक्रबार सामान्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएकामा आज शुक्रबारका लागि १ लाख ३९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ तय भएको छ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। बिहीबार तोलामा १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको भने १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।