आइतबार, भदौ २३ गते २०८१    
images
images

९ महिनामा ३५२ मेगावाट विद्युत उत्पादन, ५ सय मेगावाट क्षमताको परियोजना अन्तिम चरणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
images
९ महिनामा ३५२ मेगावाट विद्युत उत्पादन, ५ सय मेगावाट क्षमताको परियोजना अन्तिम चरणमा

वर्षायाममा थप विद्युत निर्यात भइ वार्षिक ऊर्जाघाटा कम गर्न सहयोग पुग्ने राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा ३ सय ५२ मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा ३ सय ५२ मेगावाट विद्युत उतपादन थप भएको र ५ सय मेगावाटभन्दा बढी जलविद्युत परियोजनाको निर्माण अन्तिम चरणमा रहेका जनाइएको छ।

यसबाट सुक्खायाममा ऊर्जा आपूर्ति सुधार भइ औद्योगिक क्षमता उपयोग र विस्तार हुने राष्ट्र बैंकको अनुमान छ। साथै वर्षायाममा थप विद्युत निर्यात भइ वार्षिक ऊर्जाघाटा कम गर्न सहयोग पुग्ने राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend