सोमबार, असोज २१ गते २०८१    
images
images

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

images
बिहीबार , जेठ ३ २०८१
images
images
यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

नेपाल टेलिकमले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ।

images
images

काठमाडौं- ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी विभिन्न अफरहरु ल्याइरहेको नेपाल टेलिकमले इन्टरनेट सुविधाका लागि समय-समयमा विभिन्न प्रविधि भित्र्याउने एवं परिमार्जन गर्ने गरिरहेको छ।

images
images
images

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो। यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ।

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाइ सेवा सेवाग्राहीका लागि रुचिकर बनेको टेलिकमले जनाएको छ।

images

एनटी फाइबर 

images

नेपाल टेलिकमले देशका अधिकांश भू-भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ। 

कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री-वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ। त्यसैगरी ग्राहकको आवश्यकताअनुसार दैनिक रुपमा मोबाइलमा समेत डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ।

नेपाल टेलिकमले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउछन्। कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ। 

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवाका बारेमा जानकारी पाउनुका साथै डिमान्ड रजिस्ट्रेसन पनि गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एप प्रयोग गरेर पनि यसको बारेमा जानकारी लिन सकिन्छ। 

आकर्षक मोबाइल डाटा

अहिले धेरैले मोबाइल प्रयोग गरेको पाइन्छ। मोबाइलमार्फत कसैलाई कल गर्नका लागि मात्र नभइ यसमा डाटा समेत चलाउन सकिन्छ। त्यसैले अहिले धेरैले मोबाइल डाटा प्रयोग गरेको पाइन्छ। फोरजी सेवा उपलब्ध भएपश्चात् मोबाइलमा उपलब्ध हुने डाटाको लोकप्रियता बढिरहेको छ। 

नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डाटा उपलब्ध गराइरहेको छ। ग्राहकले आवश्यकता अनुसार कम वा धेरै मूल्यको डाटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएका छन्। 

हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ। यसअन्तर्गत अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा समेत छ। त्यसैगरी पोस्टपेड प्याक, फोरजी प्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन्। 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।   

नमस्ते वाइफाइ

नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाइफाइ सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गरेको हो।  

टेलिकमले नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपमा उपलब्ध हुन्छ। 

नमस्ते वाइफाइ अन्तर्गत डाटा मात्र चलाउन चाहने ग्राहकका लागि ‘अनलिमिटेड डाटा वान्ली’ र ‘अनलिमिटेड डाटा विथ भ्वाइस’ प्याकेज उपलब्ध छ। यसअनुसार डाटा मात्र चलाउनका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध छन् भने भ्वाइस सहितको डाटा चलाउनका लागि पनि बेसिक र प्रिमियम प्याकेज उपलब्ध छन्।


प्रकाशित : बिहीबार , जेठ ३ २०८११७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend