काठमाडौं- सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ। बुधकारका लागि चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।