शनिबार, साउन १२ गते २०८१    
images
images
images

३ अर्ब १० करोड खर्चेर कस्तो बन्दै छ विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन?

२ सय ७५ मिटर रन-वे विस्तारको लागि १६ करोड ९० लाख रुपैयाँ लगानी

images
शुक्रबार, जेठ ४ २०८१
images
images
३ अर्ब १० करोड खर्चेर कस्तो बन्दै छ विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन?

उनका अनुसार विगतमा क्षेत्रीय विमानस्थलको तयारी भए पनि जग्गा मुआब्जा विवादको कारण त्यो हुन सकेन। अहिले केहीमात्रामा रनवे विस्तार र टर्मिनल भवनको काम भइरहेको छ।

images

इटहरी- विराटनगर विमानस्थलको टर्मिनल भवनअगाडि अव्यवस्थित पार्किङले वातावरण अस्तव्यस्त बनाएको छ। कहिलेकाहिँ नेता तथा भीआईपी सवारी हुँदा कार्यकर्ताको भिडभाडले कोलाहलकै स्थिति सृजना हुन्छ।

images
images

विमानस्थलमै कार्यरत एक कर्मचारीका अनुसार विश्राम कक्षमा हुने भिडभाडदेखि बाहिर सवारीको चापसमेत धन्न हम्मेहम्मे पर्न थालेको छ।   

images

विराटनगर विमानस्थलमा देखिएको भद्रगोल अवस्थाको व्यवस्थापनकै लागि नयाँ टर्मिनल भवन निर्माणाधीन अवस्थामा छ। क्षेत्रीय विमानस्थलको लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारसहितको टर्मिनल भवन निर्माणमा केसी डाँफे जेभिले २०८२ पुससम्ममा सक्नेगरी काम गरिरहेको छ। 

३ अर्ब १० करोड रुपैयाँ लागतमा सुविधासम्पन्न भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्छन् नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल विस्तार आयोजनाका इन्जिनियर सञ्जीव खड्का। 

images

नयाँ टर्मिनल भवनभित्र पार्किङको सुविधासहित १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट र मिडिया कन्फ्रेन्स हल बन्दै छ। तीनवटा भीआईपी कक्ष, मातृशिशु कक्षसहितको सुविधासम्पन्न भवन बनिरहेको इन्जिनियर खड्काले बताए। 

उनका अनुसार विगतमा क्षेत्रीय विमानस्थलको तयारी भए पनि जग्गा मुआब्जा विवादको कारण त्यो हुन सकेन। अहिले केहीमात्रामा रनवे विस्तार र टर्मिनल भवनको काम भइरहेको छ। रनवेको पूर्वतर्फको काम सकिएको र पश्चिमतर्फ भर्खरै काम सुरु भएको उनले जानकारी दिए। दुवैतर्फ गरेर २ सय ७५ मिटर रनवे विस्तारको लागि १६ करोड ९० लाख रुपैयाँ लगानीमा एवान विल्डर्सले काम गरिरहेको छ। 

३ सय ८५ मिटर ट्याक्सी-वे निर्माण भएपछि विमानको उडान र अवतरणको क्षमता बढ्ने खड्काले बताए। रनवे धेरै भएर भन्दापनि ट्याक्सी-वे पर्याप्त भएपछि एकपछि अर्को विमान अवतरणमा धेरै समय कुर्नु नपर्ने उनको भनाइ छ। जसको कारण विराटनगर विमानस्थलको क्षमता बढ्ने र अहिलेको भन्दा धेरै यात्रुले सेवा लिन पाउन उनले प्रस्ट पारे। 

biratnagar airport  (4).jpg

विमानस्थलको स्तरवृद्धी र बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै भीआईपी रेस्टुरेन्ट र होटेलहरू धमाधम खुलिरहेका छन्। नयाँ रेस्टुरेन्ट र क्याफे खुल्ने क्रम जारी छ। लगानीकर्ताहरू एयरपोर्टकै आसपासको क्षेत्रलाई छनौट गरिरहेका छन्। 

प्रतिष्ठित रेस्टुरेन्ट बाजेको सेकुवाले पनि विराटनगर विमानस्थलनजिकै नयाँ फ्रेन्चाइज खोलेको छ। इटहरीका सफल रेस्टुरेन्ट सञ्चालहरूको संयुक्त लगानीमा विमानस्थलनजिकै याक्सा रेस्टुरेन्ट सञ्चालनमा आएको छ। जसले विमानस्थल आसपासको वातावरण चलायमान बनाउँदै लगेको छ।

क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने आशमा रहेका विराटनगरका उद्योगी व्यवसायी थप सुधारको खबरले पनि खुसी छन्।

biratnagar airport  (2).jpg

मुआब्जाले रोकेको विस्तार 

मुआब्जा नपाएपछि क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने क्रम रोकिएको हो। नागरिक उड्डयन प्राधिकरणले सरकारले मुआब्जाको ग्यारेन्टी नगरेपछि हाल उपलब्ध भएकै जग्गामा रनवे विस्तारको काम धमाधम गरिरहेको छ। 

विमानस्थलको रनवे र अन्य पूर्वाधार पूर्व र पश्चिमतर्फ फैलाउनुपर्ने भए पनि पश्चिमतर्फ खाली जमिनमा मुआब्जा विवादले काम हुन सकेन।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको समयमा २०७७ असोज १९ गते मुआब्जालगायत विमानस्थल निर्माणका विषयमा त्रिपक्षीय सहमति भयो। जसअनुसार आवश्यक जग्गाको मुआब्जा संघीय सरकारले ५० प्रतिशत, कोशी प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत ब्यहोर्नेगरी सहमति भयो। 

biratnagar airport  (1).jpg

सोहीअनुसार मन्त्रिपरिषद्को बैठकले २०७७ कात्तिक २७ गते विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो। १५ सय मिटर रहेको धावनमार्ग बढाएर ३ हजार मिटरको बढाउनको लागि जग्गा अधिग्रहण गरिएको थियो। 

मुआब्जा दिन नसक्दा सरकारले अधिग्रहण गरेको जग्गा उपयोग गर्न सकेन। मुआब्जा पाउनुपर्ने माग राख्दै स्थानीयले आन्दोलन चर्काए। स्थानीयको जग्गा रोक्का राख्न नमिल्ने भन्दै राजनीतिक दलहरूले दबाब सृजना गरे। नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले मुआब्जा नदिने भए जग्गा यथाशीघ्र फुकुवा गर्न धेरै पटक विरोध मात्र जनाएनन्, आन्दोलनमै सहभागी भए। 

त्यसबीचमा कुनैपनि सरकारबाट रकम विनियोजन हुन सकेन। फलस्वरुप सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृति २०७९ भदौ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः फिर्ता लिने निर्णय गर्‍यो। त्यसपछि क्षेत्रीय विमानस्थलको विषय रोकियो।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८१०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend