बिहीबार , मंसिर ६ गते २०८१    
images
images

ग्वार्कोमा चार लेनको फ्लाइओभर बनाउन ७ कम्पनी योग्य, मागियो आर्थिक प्रस्ताव

विक्रम पाण्डेदेखि सासंद मोहन आचार्यसम्मको कम्पनी छनोट 

images
बुधबार, पुस ७ २०७८
images
images
ग्वार्कोमा चार लेनको फ्लाइओभर बनाउन ७ कम्पनी योग्य, मागियो आर्थिक प्रस्ताव
सांकेतिक तस्बिर।

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना बनाएको छ।

images
images

काठमाडौं- ललितपुरको ग्वार्को चोकमा निर्माण गर्ने भनिएको चार लेनको फ्लाइओभर बनाउन ७ कम्पनी प्राविधिक रुपमा छनोट भएका छन्। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले गत असारमा मागेको बोलपत्रमा ९ कम्पनीले आवेदन दिएका थिए। तिनै ९ कम्पनी मध्ये ७ कम्पनी प्राविधिक रुपमा योग्य रहेको विभागले जानकारी दिएको  छ। 

images
images
images

फ्लाइओभर निर्माणका लागि एमआर हिम् सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामागोल्डेन गुड जेभी, सूर्यर भ्याली र विकास र ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनकर श्रेष्ठ जेभी, तुन्दी र रसुवार रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिषर समानान्तर जेभीले आवेदन दिएका थिए। यी मध्ये केन्द्रले शर्मा एन्ड कम्पनी, सुर्य-भ्याली-विकास एन्ड ब्रदर्स जेभी, एएनके-श्रेष्ठ जोइन्ट भेन्जर, तुँदी-रसुवा-रोशन जेभी, कालिक कन्स्ट्रकसन, आशिष-समानान्तर-रेलिगर जेभी र एमआर-हिम सगरमाथा जेभी प्राविधिक रुपमा फ्लाइओभर बनाउन योग्य देखिएका हुन्। 

images

गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले प्राविधिक रूपमा योग्य भएका कम्पनीहरुसँग आर्थिक प्रस्ताव माग गरेको छ। केन्द्रले बुधबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक प्रस्ताव माग गरेको हो। केन्द्रले छनोट भएका कम्पनीहरुलाई सात दिन भित्र आर्थिक प्रस्ताव पेस गर्न समय दिएको छ। 

images

चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी ८ लेनको बनाउँदा समेत फ्लाइओभरको परिकल्पना गरिएको थियो। करिब १० किलोमिटर सडकको मुख्य जाम हुने तीनवटा चोकमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको थियो। 

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना बनाएको छ।

केन्द्रले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण अघि बढाएको हो। आफैले प्रारम्भिक सर्भे गरेर त्यसलाइ बेसलाइन मान्दै ईपीसी मोडलमा ठेक्का निकालिएको हो। यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै काम निर्माण कम्पनीले नै गर्नेछ। 

ठेक्का पाउने कम्पनीले दुई वर्षमा फ्लाइओभर निर्माण सकेर हस्तान्तरण गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ। ग्वार्काे चोकमा निर्माण हुने फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। 

फ्लाइओभरको कुल लम्बाई ४५५ मिटर हुनेछ। जसमा बालकुमारीतिरबाट २८० मिटरसम्म माथि उक्लदै बीचमा निर्माण हुने पुल ३५ मिटर सडकमाथि हुनेछ। उक्त पुलसँग जोडिन  सातदोबाटोतिर १७५ मिटर लामो सडकमाथि उक्लिएको संरचना निर्माण हुनेछ। फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ।

बालकुमारीतिरबाट सातदोबाटोतर्फ फ्लाइओभर निर्माण भएपछि इमाडोलतिरबाट पाटनतिर जाने सवारीसाधन फ्लाइओभरकै मुनि (अहिले भएको चक्रपथ) बाट पास हुनेछन्। अर्थ मन्त्रालयले फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको छ।


प्रकाशित : बुधबार, पुस ७ २०७८०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend