आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

बैतडीबाट व्यावसायिक कफीखेतीको शुभारम्भ, अन्य जिल्लामा पनि थालनी गरिने

images
बिहीबार , जेठ ३ २०८१
images
images
बैतडीबाट व्यावसायिक कफीखेतीको शुभारम्भ, अन्य जिल्लामा पनि थालनी गरिने

युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ।

images
images

बैतडी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन्।

images
images

उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरेका हुन्। मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्यूनीकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताए।

images
images

उनले भने, 'विभिन्न कृषि, वन पैदावार र खनिज तथा खानीजन्य पदार्थको सम्भावना हुँदाहुँदै पनि संघीय सरकारले यथोचित ध्यान दिन नसकेको जिल्ला बैतडी हो, अब त्यो अवस्था बदल्न हामी लागेका छौँ, अब हाम्रा जडीबुटी, कृषि तथा गैर कृषिजन्य उत्पादनका सम्भावनालाई विभिन्न तहका सरकारको समन्वयमा सदुपयोग गरी बैतडीमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको जागरणमा हामी दृढ भएर लागेका छौँ।' 

images
images
images

मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको बताए। उनले भने, 'यसै सन्दर्भमा, बैतडीमा प्रशस्त सम्भावना बोकेका वस्तुको विकास, प्रविधि हस्तान्तरण, मूल्य श्रृङ्खला विकासमा काम गर्न मन्त्रालयले कार्य प्रारम्भ गरेको छ।'

नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपूर्ति घरेलु उत्पादनबाट हुन नसकेको बताए। अन्तर्राष्ट्रिय बजारको मागअनुसार कफी निर्यात गर्न नसकिएको उनको भनाइ छ।

उनले भने, 'बजारको समस्या खासै नभएको नेपाली कफीको उत्पादनलाई व्यावसायिक र परिमाणयुक्त बनाउन आवश्यक छ, मल, बीउ, सिँचाइ र सीपबाट उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन मेहनत गरी लाग्न आग्रह गर्दछु, आगामी दिनमा स्थानीय तह, प्रदेश सरकार, चिया तथा कफी विकास बोर्ड र विकास साझेदारबाट मन्त्रालयको एकीकृत व्यापार रणनीति २०८० बाट निर्यात योग्य वस्तुको रुपमा पहिचान भएको कफीखेतीको विकासमा सक्रिय सहभागिता रहने विश्वास गर्दछु।'

युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ।

बैतडीबाट यस कार्यक्रमको सुरुवात गरिएको र देशका अन्य जिल्लामा पनि यो कार्यक्रमको थालनी गरिने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend