शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला एक लाख ४० हजार पुग्यो सुनको मूल्य

images
बिहीबार , जेठ ३ २०८१
images
images
प्रतितोला एक लाख ४० हजार पुग्यो सुनको मूल्य

बिहीबार एकैदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४० हजार रूपैयाँ पुगेको छ। 

images
images
images

बिहीबार एकैदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो।

तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ३९ हजार ३ सय रूपैयाँ तोकिएको छ। 

images

यसअघि बैशाख ७ मा सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ पुगेको थियो।

images

बुधबार सुन प्रतितोला एक लाख ३८ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेर १८ सय रूपैयाँ नाघेको छ। बुधबारको तुलनामा बिहीबार प्रतितोला ६० रूपैयाँले बढेर प्रतितोला एक हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , जेठ ३ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend