बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

हिमालयन डिष्टीलरीको सेयरधनीलाई १०० प्रतिशत लाभांश, बोनस सेयर बढ्दा नगद कति?

images
बुधबार, पुस ७ २०७८
images
images
हिमालयन डिष्टीलरीको सेयरधनीलाई १०० प्रतिशत लाभांश, बोनस सेयर बढ्दा नगद कति?

चौथो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- हिमालयन डिष्टीलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।  

images
images
images

यसवर्ष पनि गत वर्षकै हाराराहारीमा लाभांश दिने प्रस्ताव गरेको हो। गत वर्ष ५० बोनस सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

images
images

यसै क्रममा कम्पनीले पहिलो, दोस्रो, तेस्रो र चौथौ त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दा हरेक त्रैमाशमा मुनाफाको वृद्धि उच्च देखिए पनि लगानीकर्ताको आकर्षण बनेको हो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी ९७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

images
images
images

चौथो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ रहेको छ। गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमासिक अवधिमा एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा जगेडा कोषमा भने एक अर्ब १३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष नयाँ प्लान्ट थप गरेर क्षमता बनाए सँगै कम्पनीको आम्दानीमा उल्लेखनिय सुधार आएको हो। यसले गर्दा मुनाफा र लाभांश दिने क्षमता उत्तिकै बनेको छ। 

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि बोनस सेयर दिने बजारमा हल्ला छ। 

 


प्रकाशित : बुधबार, पुस ७ २०७८०२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend