मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

बीवाईडीको पहिलो पिकअप सार्वजनिक

images
बुधबार, जेठ २ २०८१
images
images
बीवाईडीको पहिलो पिकअप सार्वजनिक

निक्कै शक्तिशाली मानिएको बीवाईडी सार्कले ५.७ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। यो पिकअपको अधिकतम गति १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले आफ्नो पहिलो पिकअप सार्वजनिक गरेको छ। कम्पनीले डुअल क्याव अफरोड पिकअप बीवाईडी सार्क औपचारिक रुपमा सार्वजनिक गरेको हो।

images
images
images

बीवाईडीले सार्क पिकअप उत्तर अमेरिकी देश मेक्सिकोमा सार्वजनिक गरेको छ। कम्पनीले चीन बाहिर ब्रान्ड नयाँ मोडल सार्वजनिक गरेको यो पहिलो पटक पनि हो। यसअघिका सबै मोडलहरु बीवाईडीले चीनमा बिक्रीका लागि उपलब्ध गराएपछि अन्य देशमा सार्वजनिक गर्दै आएको थियो। 

images
images

योसँगै बीवाईडीले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डका रुपमा दह्रिलोगरी उभ्याएको छ। मेक्सिकोमा सार्वजनिक भएको पिकअपको अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि उत्पादन गरिएको हो। उत्तर अमेरिकी क्षेत्रका साथै विश्वका अन्यदेशहरुमा पिकअप ट्रकको माग धेरै हुने गरेको छ। त्यही बजारलाई क्यास गर्न बीवाईडीले पिकअप ट्रक सार्वजनिक गरेको हो। 

images
images
images

प्लगइन हाइब्रिड पावरट्रेनमा रहेको सार्कको दुई भेरियन्ट जीएल र जीएसमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ५३ हजार ४ सय डलर तोकिएको छ। बीवाईडी सार्क डीएमओ प्लेटफर्ममा तयार पारिएको हो। जसमा ओको अर्थ अफ रोड र डीएमले डुअल मोटरलाई दर्शाउँछ।

बीवाईडी सार्क पिकअपको लम्बाई ५ हनार ४ सय ५७ एमएम, चौडाई १ हजार ९ सय ९१ एमएम र उचाई १ हजार ९ सय २५ एमएम रहेको छ। र उचाइ यो पिकअपको ह्वीलबेस ३ हजार २ सय ६० एमएम छ।

बीवाईडी सार्कमा डुअल मोटर सेटअपमा फ्रन्ट मोटरले १ सय ७० किलोवाट पिक पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्छ भने रियर मोटरको १ सय ५० किलोवाट पिक पावर र ३ सय ४० एनएम र्टक जेनेरेट गर्छ।

byd shark1.PNG

सार्क पिकअपमा २९.५८ किलोवाट आवरको बीवाईडी ब्लेड ब्याट्री रहेको छ। जसले १ सय किलोमिटरको रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ। यो पिकअपको आईसीई र ईभीको संयुक्त रेन्ज ८ सय ४० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ। 

उक्त विद्युतीय मोटरका साथै बीवाईडी सार्कमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिनसमेत छ। यसको विद्युतीय र आइसी इन्जिनको संयुक्त पावर ४ सय ३० हर्सपावर बराबर हुन्छ। 

निक्कै शक्तिशाली मानिएको बीवाईडी सार्कले ५.७ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। यो पिकअपको अधिकतम गति १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ।

बीवाइडी सार्क हाइब्रिड भएकाले १ सय किलोमिटरका लागि ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीले दाबी गरेको छ। यो पिकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रिन छ जसले एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्छ। 

फोरह्वील ड्राइभमा उपलब्ध रहेकाले सार्कमा स्यान्ड, मड र स्नो गरी ३ वटा ड्राइभिङ मोड रहेको छ। यो पिकअपको पेलोड ८ सय ३५ केजी तथा टोइङ क्यापासिटी २५ सय केजीसम्म रहेको छ। अन्य विशेषताहरुमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जरलगायत थुप्रै अत्याधुनिक विशेषता रहेका छन्। 


प्रकाशित : बुधबार, जेठ २ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend