शनिबार, साउन १२ गते २०८१    
images
images
images

एनसेलको ‘सधैँ अन’ योजना : डिजिटल भविष्यको पाइला

images
बुधबार, जेठ २ २०८१
images
images
एनसेलको ‘सधैँ अन’ योजना : डिजिटल भविष्यको पाइला

यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभ जीका लागि तयार पार्नु रहेको एनसेलले जनाएको छ।

images

काठमाडौं- एनसेलले फाइभ जी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ। यससँगै अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नुपर्ने छैन।

images
images

‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको एनसेलले जनाएको छ।

images

'उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैँ अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने।

उनका अनुसार नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउनु यो योजनाको अवधारणा रहेको छ।

images

हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिरहेको हुन्छ। यही समस्यालाई सम्बोधन गर्न यस्तो सुविधा ल्याउन लागिएको एनसेलले जनाएको छ।

‘सधैँ अन’मार्फत एनसेल ग्राहकहरुका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ। यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको एनसेलको भनाइ छ।

'फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ। हामी चाहन्छौँ भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभ जी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्। तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईँको डेटा ‘सधैँ अन’ हुनुपर्छ,' कायुमोभले भने।

फाइभजीको अर्थ केवल द्रुत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्ने उनले बताए। यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने उनको भनाइ छ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९औँ स्थानमा छ। सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको जनाएको छ।

एनसेलका अनुसार नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ, १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्छन्। साथै, औसत प्रतिग्राहक प्रतिमहिना डेटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो।

‘सधैँ अन’ मा के छ?

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ। यसमा ७ दिनको समयसिमा हरेको ९८ रूपैयाँबाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको १४ सय ९९ रूपैयाँ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन्।

हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ। यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्। 

उदाहरणकालागि यदि कुनै ग्राहकले ९९ रूपैयाँको बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ। उदाहरणका लािग यस प्लान अन्तर्गत १४ सय ९९ रूपैयाँको प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन्। यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ।

ग्राहकले *१२३# डायल गरी सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्छन्। रासस


प्रकाशित : बुधबार, जेठ २ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend