शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नीति तथा कार्यक्रमको थिममा बजेट बन्छ, बजेट पछ्याएर मौद्रिक नीति आउँछ : अर्थमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २ २०८१
images
नीति तथा कार्यक्रमको थिममा बजेट बन्छ, बजेट पछ्याएर मौद्रिक नीति आउँछ : अर्थमन्त्री

जसरी नीति तथा कार्यक्रम पछ्याएर बजेट आउँछ त्यसैगरी बजेटलाई पछ्याएर मौद्रिक नीति आउने उनको भनाइ छ। यसका लागि बजेट निर्माणका लागि राष्ट्र बैंकसँग अहिले नै सघन छलफल भइरहेको उनको भनाइ छ।

images
images

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमकै थिममै बजेट आउने बताएका छन्। 

images
images
images

नेपाल उद्योग  वाणिज्य  महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नीति तथा कार्यक्रममा आएका सबै कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने उनले बताए।

images
images

'विगतको जस्तो विवादित कुनै पनि हालतमा हुँदैन, हामीले नीति तथा कार्यक्रममै थिममा बजेट आउँछ र बजेटका आधारमा मौद्रिक नीति आउनुपर्छ' उनले भने। 

images
images

नीति तथा कार्यक्रम पनि अर्थ मन्त्रालयकै सहभागितामा बनेको र बजेटको फ्रेमअनुसार नै कार्यक्रम तय भएको उनले बताए। 

जसरी नीति तथा कार्यक्रम पछ्याएर बजेट आउँछ त्यसैगरी बजेटलाई पछ्याएर मौद्रिक नीति आउने उनको भनाइ छ। यसका लागि बजेट निर्माणका लागि राष्ट्र बैंकसँग अहिले नै सघन छलफल भइरहेको उनको भनाइ छ। 

कार्यक्रममा व्यवसायीहरूले बजेटमा सरकारले केही राम्रो गरे पनि तत्कालीन समस्या समाधानका लागि मौद्रिक नीति लचिलो हुनुपर्ने बताएका थिए।

निर्माण व्यवासयीको बाँकी रहेको भुक्तानीमा समस्या सर्दै आए पनि सरकारको दायित्व भएको उनले बताए। सरकारले अहिलेसम्म तथ्यांक संकलनको काम गरेको र अब भुक्तानी हुने उनले बताए। यो वर्ष पनि भुक्तानी दिएर नसकिए आगामी वर्षको बजेटमै व्यवस्था गर्ने उनले बताए। 

निर्माण व्यवसायीहरूले १ खर्ब भुक्तानी बाँकी रहेको बताउँदै आएका छन्।


प्रकाशित : बुधबार, जेठ २ २०८११६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend