काठमाडौं- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।
आउँदो पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १० गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले बुधवार सूचना प्रकाशित गरेको छ।