शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एकैदिन प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, जेठ २ २०८१
images
एकैदिन प्रतितोला एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा एक दिनको गिरावटपछि सुनको मूल्य पुन: उकालो लागेको छ।

images
images
images

मंगलबार तोलामा सात सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार एकैदिन एक हजार रूपैयाँले बढेको छ। 

images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार चारसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

मंगलबार तोलामा २५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ३७ हजार चारसय र चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, जेठ २ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend