बिहीबार , भदौ २७ गते २०८१    
images
images

पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने, विपद्‌बाट प्रभावित संरचनाहरूको पुनर्निर्माणलाई उच्च प्राथमिकता

images
मंगलबार, जेठ १ २०८१
images
images
पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने, विपद्‌बाट प्रभावित संरचनाहरूको पुनर्निर्माणलाई उच्च प्राथमिकता

जाजरकोट, बझाङ, डोटी केन्द्रबिन्दु बनाइ गएका भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना कार्य शीघ्र सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

images
images

काठमाडौं- सरकारले बाढी, हावाहुरी, चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने भएको छ।

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यकममा उक्त प्रणालीलाई भरपर्दो बनाउने भएको हो।

'प्राकृतिक विपद्‌बाट हुने प्रत्यक्ष आर्थिक तथा सामाजिक क्षति कम गर्न जोखिम न्यूनीकरण कार्यलाई क्षेत्रगत मूलप्रवाहीकरण गरिनेछ', नीति तथा कार्यक्रममा भनिएको छ, 'विपद् प्रतिकार्यमा परिचालन हुने संयन्त्र तथा उपकरणको प्राविधिक क्षमता सुदृढ गर्दै एकीकृत आपत्कालीन उद्धार एवं प्रतिकार्य प्रणालीको व्यवस्था मिलाइने छ।'

त्यस्तै, आगलागी, डढेलो, बाढीपहिरो नियन्त्रण लगायतका विपद् व्यवस्थापनमा नागरिकको क्षमता र सहभागिता वृद्धि गरिनुका साथै विपद्‌बाट हुने जनधनको क्षति न्यून गर्न हेलिकप्टर, दमकललगायतका अत्याधुनिक उपकरणको व्यवस्था र उपयोग गर्ने प्रबन्ध मिलाइने सरकारको नीति छ।

images

विपद्‌बाट प्रभावित संरचनाहरूको पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई उच्च प्राथमिकता दिइने र जाजरकोट, बझाङ, डोटी केन्द्रबिन्दु बनाइ गएका भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना कार्य शीघ्र सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend