सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने

images
मंगलबार, जेठ १ २०८१
images
images
सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने

युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धिका लागि राष्ट्रनिर्माणमा युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ।

images
images

काठमाडौं- सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ।

images
images
images

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ।

images
images

कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धिका लागि राष्ट्रनिर्माणमा युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ।

images
images
images

यसैगरी युवालाई सीप विकास, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिममार्फत सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउने सरकाकरको नीति तथा कार्यक्रममा उल्लेख छ। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend