शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

यस्तो देखियो बानेश्वरमा प्रतिक्षालय बनाइएको कलात्मक फल्चा [तस्बिरहरू]

images
मंगलबार, जेठ १ २०८१
images
यस्तो देखियो बानेश्वरमा प्रतिक्षालय बनाइएको कलात्मक फल्चा [तस्बिरहरू]

बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी मंगलबारबाट सञ्चालनमा आएको हो भने बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ।

images
images

काठमाडौं- बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको प्रतिक्षालय सञ्चालनमा आएको छ। कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको फल्चाले परम्परागत सीप र कला जोगाउन मद्धत गर्ने विश्वास गरिएको छ। 

images
images
images

फल्चामा बस्नका लागि काठकै मेच राखिएका छन्। बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्। फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयवासीले निगरानी गर्नेछन्। स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्ने जानकारी दिइएको छ।

images
images

वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका दुईवटा बस बिसौनी निर्माण भएका छन्। यी दुईवटा फल्चाको लागत ६२ लाख रूपैयाँ रहेको छ।

images
images

बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी आज मंगलबारबाट सञ्चालनमा आएको हो भने बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ।

falcha baneshwor (2).jpg
falcha baneshwor (3).jpg
falcha baneshwor (4).jpg
falcha baneshwor (5).jpg
falcha baneshwor (7).jpg
falcha baneshwor (8).jpg
falcha baneshwor (6).jpg

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित : मंगलबार, जेठ १ २०८११९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend