शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

१५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइने घोषणा

images
मंगलबार, जेठ १ २०८१
images
१५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइने घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याइने उल्लेख छ।

images
images

काठमाडौं- सरकारले अगामी आर्थिक वर्षभित्रै थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याइने घोषणा गरेको छ।

images
images
images

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत सरकारले सिँचाइ पूर्वाधार प्रणाली व्यवस्थित गर्ने जनाएको छ।

images
images

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याइने उल्लेख छ।

images
images

यस्तै तराई मधेशका ३ लाख १८ हजार हेक्टर क्षेत्रफलमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुर्‍याउने घोषणा सरकाले गरेको छ।

पहाडमा नदी बेसिनमा आधारित सिँचाइ गर्ने भन्दै स्थानीय तहलाई लिफ्ट तथा भूमिगत सिँचाइ योजनाका लागि विद्युतीय सुविधा दिने सरकारले घोषणा गरेको हो।

 


प्रकाशित : मंगलबार, जेठ १ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend