शनिबार, मंसिर ८ गते २०८१    
images
images

जटही-ढल्केबर सडक निर्माण अन्तिम चरणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ६ २०७८
images
images
जटही-ढल्केबर सडक निर्माण अन्तिम चरणमा
images
images

काठमाडौं- व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ। 

images
images
images

सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ। डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ। 

images

जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ। झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व-पश्चिम राजमार्गसम्म पुग्ने गरी निर्माण भएको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ।

images

बिसं. २०७१/७२ मा निर्माण सुरु भएकामा हालसम्म ३८ दशमलव पाँच किलोमिटर सम्पन्न भइसकेको योजनाका निमित्त प्रमुख रामटहल यादवले बताए। उनका अनुसार चार ठेक्कामा निर्माण भइरहेकामा तीन ठेक्का सम्पन्न भइसकेको छ। उनले भने, 'निर्माणाधीन खण्डमा पनि चाँडै सकिनेछ।'

गत आबको अन्त्यसम्ममा साढे दुई किमी सडक कालोपत्र बाँकी रहेको थियो। एक किलोमिटर सडक साउनदेखि अहिलेसम्ममा सम्पन्न भएर अब डेढ किलोमिटर बाँकी रहेको प्रमुख यादवले बताए। निर्माणाधीन ठेक्काको अवधि आगामी चैतसम्म रहेकामा त्यो अवधिमा सम्पन्न हुने उनको भनाइ छ। 

सडक निर्माणमा चार ठेक्कामध्ये दुई ठेक्का आब २०७१/७२ र अर्काे दुई ठेक्का आव २०७३/७४ मा सम्झौता भएको थियो। पहिले भएका दुबै ठेक्का सम्पन्न भइसकेको र पछिल्लो पटक भएका दुई ठेक्कामध्ये एउटा सम्पन्न भइसकेको छ भने एउटा सम्पन्न हुने क्रममा छ।

सो सडक निर्माणमा पनि निर्माणस्थल खाली गराउँदा केही समय लागेको थियो। व्यक्तिगत सम्पत्ति नभएपनि सार्वजनिक सम्पत्तिलाई हटाउनका लागि प्रक्रियामा लामो समय लाग्दा निर्माण सुरु गर्न केही समय ढिलाइ भएको योजनाले जनाएको छ। विद्युत्को पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्नमा समय लागेको निमित्त प्रमुख यावदले बताए। 'त्योसँगै त्यहाँ रहेका सरकारी घरटहरा र शौचालय हटाउन पनि समय लागेको थियो', उनले भने, 'अहिले काम गर्न बाँकी एक किलोमिटरमा निर्माणस्थल खाली गराउन समस्या छैन।'

सो सडकको अधिकांस स्थानमा ५० मिटर चौडाइ रहेको योजनाले जनाएको छ । विशेषगरी बस्ती क्षेत्रमा ५० मिटर चौडाइ गरिएको छ भने अरु ठाउँमा साढे ३७ मिटर चौडा बनाइएको छ । 

यो सडकको निर्माणले खासगरी उद्योग व्यवसायको क्षेत्रमा फाइदा पुग्ने अपेक्षा गरिएको छ। भारतीय सीमा क्षेत्रमा रहेको भन्सार कार्यालयलाई देशको पुरानो सडक पूर्व-पश्चिम राजमार्गसँग जोड्नेछ। त्यससँगै यहाँ रहेका झण्डै एक दर्जनभन्दा बढी गाउँमा पनि त्यहाँको जनजीवन सडक निर्माणले सजिलो बनाउने अपेक्षा गरिएको छ। सडक निर्माणसँगै सडकले समेट्ने क्षेत्रमा उद्योग र व्यवसायहरु फस्टाइरहेका छन्। 

सो सडकमा जम्मा सात पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुई पुल मात्रै सम्पन्न भएका छन्। पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन्। ती पुलको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको र आगामी चैतसम्ममा नै सम्पन्न हुने योजनाले जनाएको छ। 

भारतीय सीमानाका जटहीलाई प्रदेश नं २ को राजधानी जनकपुर हुँदै पूर्व-पश्चिम राजमार्गसँग जोडिने हुँदा यसलाई भौतिक पूर्वाधार मन्त्रालयले पनि विशेष महत्वका साथ अघि बढाउन चाहेको छ। मन्त्री यादव, भौतिक पूर्वाधार सचिव रबिन्द्रनाथ श्रेष्ठ र सडक विभागका कर्मचारीले सडकको निरीक्षणका लागि पटक पटक पुग्ने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, पुस ६ २०७८१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend